बझाङमा एमालेको अग्रता कायमै, दोस्रोमा माओवादी र कांग्रेसबीच कडा टक्कर – Nepal Press

बझाङमा एमालेको अग्रता कायमै, दोस्रोमा माओवादी र कांग्रेसबीच कडा टक्कर

कैलाली । बझाङ प्रदेशसभा १ को मतगणना जारी छ । छबिसपाथिभेरा गाउँपालिकाको सबै वडाको मतगणना सकेर अहिले थलरा र खप्तड छान्ना गाउँपालिकाको मतगणना भइरहेको छ ।

जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । एमालेका दमनबहादुर भण्डारीले २,२८८ मतसहित अग्रता बनाइरहेका छन् ।

दोस्रो स्थानमा माओवादी केन्द्रका जनक बुढाको १,५१२ मत रहेको छ । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहको १,५०२ मत रहेको छ । एकीकृत समाजवादीका दिलबहादुर सिंहले ८९५ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर