हिक्मतको विश्वासको मतलाई लिएर कांग्रेसमा दुई धार – Nepal Press
कोशी प्रदेश

हिक्मतको विश्वासको मतलाई लिएर कांग्रेसमा दुई धार

मीन विश्वकर्माको मध्यस्थतामा संसदीय दलको बैठक

विराटनगर । मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिने कि सदन बहिष्कार गर्ने विषयमा कोशी कांग्रेसमा दुई धार देखिएको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीसहितका केही सांसदहरू बहिष्कार गर्ने पक्षमा छन् । हिक्मतको नियुक्ति खारेजीसहित आफूलाई पुनर्वहाली गर्न अदालतमा हालेको रिट विचाराधीन रहेकाले बहिष्कार गरेर जानुपर्ने उनको जिकिर छ । कोशी संसदीय दलका नेता उद्धव थापासहितका सांसदहरू भने मुख्यमन्त्रीलाई विश्वासको मत दिएर जानुपर्ने राय व्यक्त गरेको स्रोतले बतायो ।

केन्द्रको निर्देशनपछि निर्णय गर्ने भनिएपनि प्रचार विभाग प्रमुख मीन विश्वकर्मा यतै रहेकाले उनको उपस्थितिमा भर्खरै बैठक सुरू भएको छ ।

‘दुईतर्फी कुरा आएपछि विवाद मिलाउन मीन दाइले प्रयत्न गरिरहनुभएको छ’, कांग्रेसका एक सांसदले भने ।

आज मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने कार्यसूची छ । नेता विश्वकर्माले बैठकले केहीबेरमा निर्णय गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर