हिक्मतले पाए विश्वासको मत, ५७ जनाको समर्थन (भिडिओ) – Nepal Press

हिक्मतले पाए विश्वासको मत, ५७ जनाको समर्थन (भिडिओ)

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । ६२ जना प्रदेशसभा सदस्य उपस्थित बैठकबाट उनले ५७ मत पाए । ५ जना भने तटस्थ बसे ।

संविधानको धारा १६८ (५) अन्तरगत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्रीलाई एमालेका उप सभामुख सहित ४० माओवादीका १३ एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिए ।

उनले यसअघि प्रदेश सभाको आजको बैठकमा संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मतको प्रस्ताव पेस गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर