बझाङ अपडेट : एमालेकै लिडिङ, दोस्रोमा उक्लियो कांग्रेस – Nepal Press

बझाङ अपडेट : एमालेकै लिडिङ, दोस्रोमा उक्लियो कांग्रेस

कैलाली । प्रदेश सभाको बझाङ–१ (१) को मतगणनामा एमालेको अग्रता कायमै रहेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा उक्लिएको छ ।

छबिसपाथिभेरा गाउँपालिकाको सबै वडाको मतगणना सकेर अहिले थलरा गाउँपालिका एउटा वडा र खप्तड छान्ना गाउँपालिकाको तीन वटा वडाको मतगणना सकिएको छ ।

जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ ।

एमालेका दमनबहादुर भण्डारीले २ हजार ६३८ मतसहित अग्रता बनाइरहेका छन् । दोस्रो स्थानमा माओवादी केन्द्र फेरि तेस्रो स्थानमा झरेको छ । माओवादीका उम्मेदवार जनकबहादुर बुढाको १ हजार ७१७ मत रहेको छ भने नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहको २ हजार २४ मत रहेको छ । एकीकृत समाजवादीका दिलबहादुर सिंहले ९६२ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर