मंगलवार नेपाल टेलिकमको सेवा किन भयो अवरुद्ध ? – Nepal Press

मंगलवार नेपाल टेलिकमको सेवा किन भयो अवरुद्ध ?

काठमाडौं । मंगलवार नेपाल टेलिकमको सेवा अवरुद्ध भयो । लगभग दिनभरि नै सेवा अवरुद्ध भएको विषयमा टेलिकमले बुधवार राती विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो ।

टेलिकमले मंगलवार करिब १२ बजेदेखि समस्या देखिएको जनाएको छ । उपकरणमा प्राविधिक समस्या आएका कारण मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन पुगेको टेलिकमले जनाएको छ ।

उक्त प्राविधिक समस्याका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति टेलिकमले माफी मागेको छ ।

अब उप्रान्त कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न कम्पनीले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर