‘मेरो डिजिटल देश’ अभियानको प्रवर्द्धनका लागि राजेश हमाल यूएई जाँदै – Nepal Press

‘मेरो डिजिटल देश’ अभियानको प्रवर्द्धनका लागि राजेश हमाल यूएई जाँदै

काठमाडौं । राजेश हमाल मेरो डिजिटल देश अभियानको प्रवर्द्धनका लागि यूएई पुग्ने भएका छन् ।

ई सेवा मनी ट्रान्सफर र लुलु एक्सचेन्जको निम्तोमा हमाल युएई दुबई र अबुधाबी शहरमा पुग्ने भएका हुन् ।

यूएई प्रस्थान पश्चात्, २६ नोभेम्बरमा हमालले दुबई स्थित लुलु एक्सचेन्जका बर दुबई र जेबेल अली २ सपर्स मल शाखामा तथा अबुधाबीस्थित मदिनत जायेद शाखा र साबिया शाखामा पाल्नुहुने रेमिट्यान्स सेवाग्राही तथा त्यहाँ कार्यरत लुलु एक्सचेन्जका नेपाली कर्मचारीहरू सँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्।

हमाल युएई पुगेर विशेषतः ई सेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान प्रवर्द्धन गर्नेछन् । विदेशबाट डिजिटल र वैधानिक माध्यमबाट सोझै नेपालका बैङ्क खाता र ई सेवा वालेटमा पैसा पठाउनुका सहजता र फाइदाबारे सचेतना फैलाउने छन्।

हमाल ब्राण्ड एम्बेसेडरको रूपमा ई सेवा मनी ट्रान्सफरसँग आबद्ध रहेका छन् ।

ई सेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई सेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

ई सेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरूलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा ई सेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त ई सेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर