ब्याचलरमा ब्याक लागेपछि शान्ता चौधरीले भनिन्- लडेर फेरि उठ्ने छु – Nepal Press

ब्याचलरमा ब्याक लागेपछि शान्ता चौधरीले भनिन्- लडेर फेरि उठ्ने छु

‘बुढेसकालको पढाइमा अंग्रेजी र आरडीले दिमाग खराब गरे’

काठमाडौं । पूर्व सांसद तथा नेकपा एमालेकी पोलिटब्यूरो सदस्य शान्ता चौधरी स्नातक तह प्रथम वर्षको परीक्षामा अनुत्तीर्ण भएकी छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू यस पटक असफल भएको जानकारी दिएकी हुन् ।

चौधरीका अनुसार उनलाई दुईवटा विषयमा ब्याक लागेको छ । यद्यपि उनी हतोत्साहित भएकी छैनन् ।

चौधरी लेख्छिन्, ‘बुढेसकालका पढाइ न पर्‍यो । केही छैन । लडेर फेरि उठ्ने छु । यसरी नै हिम्मत गरेर अगाडि बढ्नु हुन अनुरोध गरेँ मैले मसँग फेल हुने मेरा प्यारा साथीहरूलाई । बधाई तथा शुभकामना छ पास हुने मेरा सम्पूर्ण साथीहरूलाई ।’

चौधरी कोटेश्वरस्थित हिमालय कलेजमा आर्ट्स विषय लिएर स्नातक अध्ययनरत छिन् । आफूलाई अंग्रेजी र आरडी (ग्रामीण विकास) दुई विषयले दिमाग खराब गरेको उनले बताएकी छन् ।

शान्ताले २०७८ सालमा नयाँ बानेश्वरको रात्नराज्यलक्ष्मी उच्च माविबाट १२ कक्षा उत्तीर्ण गरेकी थिइन् । उनी र अभिनेत्री करिश्मा मानन्धर एकै पटक हिमालयन कलेजमा स्नातक पढ्न भर्ना भएका थिए ।

शान्ता पढाइ र राजनीति सँगसँगै व्यवसायमा पनि संलग्न छिन् । केही समयदेखि उनले घरेलु अचार बनाएर विक्री वितरण गर्दै आएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *