विश्व चर्चित भिडिओ गेम ‘जीटीए’ ले कर्मचारी कटौती गर्दै – Nepal Press

विश्व चर्चित भिडिओ गेम ‘जीटीए’ ले कर्मचारी कटौती गर्दै

काठमाडौं । विश्वको चर्चित भिडिओ गेम ‘जिटीए’ ले आफ्ना ५ प्रतिशत कर्मचारीहरु कटौती गर्ने भएको छ । विश्वभर चर्चा कमाएको गेम ‘ग्राण्ड थेप्ट अटो’ अर्थात जीटीएले आफ्नो कर्मचारीको ५ प्रतिशत हिस्सा कटौती गर्ने गालेको विजनेश टुडेले उल्लेख गरेको छ ।

ीजटीएले आफ्नो लगभग ६०० कर्मचारीहरुलाई कटौती गर्न लगेको जनाइएको छ । जिटीएले कर्मचरी कटौती गरेसँगै आफ्ना नयाँ प्रयोजेक्टहरु समेतलाई अगाडि नबढाउने भएको छ । कम्पनीलाई कर्मचारी कटौती र प्रोजेक्टहरु रद्द गर्दा करीब २०० मिलियनको घाटा लाग्ने आंकलन गरिएको छ ।

कम्पनीले रद्द गरेका प्रोजेक्ट करिब १४० मिलियन र कबिर ३५ मिलियन डलरको कर्मचारीको लगत गरी कबिर १६५ मिलियन डलर वार्षिक बचत हुने जनाइएको छ । यसले गेमिङ क्षेत्रमा भइरहेको आर्थिक मन्दीलाई दर्शाएको छ । जबकी विश्वकै सर्वाधिक चर्चित गेमिङ कम्पनीले कर्मचारी र प्रोजेक्टहरुमा लगानी नगर्नुले समग्र गेमिङ क्षेत्रलाई नकारात्मक प्रभाव पर्ने आंकलन गरिएको छ ।

यसअघि पनि टेनसेन्टस रिओट गेम्स र इलेक्ट्रोनिक आर्टस एण्ड सोनी क्रोप गेमिङ कम्पनीहरुले पनि आफ्ना कर्मचारीहरु कटौती गरिसकेका छन् । गेमिङ क्षेत्रमा सन् २०२६ सम्म यस्तो खालको मन्दी भइरहने आकलन समेत गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर