यि हुन नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधिसभाका ४६ जना उम्मेदवार (सूचीसहित) – Nepal Press

यि हुन नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधिसभाका ४६ जना उम्मेदवार (सूचीसहित)

८ वटा क्षेत्रमा महिलाको उम्मेदवारी, २ जना दलित उम्मेदवार पनि

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले ४६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । १६५ निर्वाचन क्षेत्रमध्ये ९१ वटा क्षेत्रमा सत्तारुढ दल नेपाली काँग्रेसले र बाकी निर्वाचन क्षेत्र अन्य गठबन्धन दललाई भागबण्डा गरिएपछि माओवादी केन्द्रले ४६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो ।

माओवादी केन्द्रले प्रदेश एकका ७, मधेश प्रदेशका ७, बागमती प्रदेशका १३, गण्डकी प्रदेशका ४, लुम्बिनी प्रदेशका ६, कर्र्णाली प्रदेशका ५ र सुदूरपश्चिम प्रदेशका ४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

४६ निर्वाचन क्षेत्रमध्ये ८ वटा निर्वाचन क्षेत्रमा माओबादीबाट महिलाको उम्मेदवारी परेको छ भने २ क्षेत्रमा दलितको पनि उम्मेदवारी परेको छ ।

महिलामा काठमाडौं क्षेत्र २ बाट ओनसरी घर्ती, काठमाडौं क्षेत्र नम्बर ७ बाट मानुषी यमी, काठमाडौं क्षेत्र नम्बर ९ बाट कल्पना धमला, काठमाडौं क्षेत्र नम्बर १० बाट अञ्जना विशंखे, ललितपुर क्षेत्र नम्बर ३ बाट पम्फा भुसाल, जुम्ला क्षेत्र नम्बर एकबाट गोमा गौतम र कञ्चनपुर क्षेत्र नम्बर एकबाट बीना मगरले उम्मेदवारी दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *