चुनाव सकिएको खुशीमा निर्वाचन आयोगको जलपान कार्यक्रम (तस्बिरहरू) – Nepal Press

चुनाव सकिएको खुशीमा निर्वाचन आयोगको जलपान कार्यक्रम (तस्बिरहरू)

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले जलपान कार्यक्रम आयोजना गरेको छ ।

प्रतिनिधिसभाका २७५ जना र प्रदेशसभाका ५५० सांसदहरु टुंगो लगाएसँगै आयोगले आज जलपान आयोजना गरेको हो ।

आयोग परिसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष, राजनीतिक दलका शीर्ष नेता, सुरक्षा निकायका प्रमुख, कूटनीतिक क्षेत्रका प्रतिनिधिलगायत सहभागी थिए ।

आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइसकेको छ । राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्दै दुई वा दुईभन्दा धेरै दललाई बहुमतसहित प्रधानमन्त्री दाबीका लागि गर्न ७ दिनको म्यादसहित आव्हान गरेकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर