समानुपातिक सांसदहरूले लिए प्रमाणपत्र (तस्बिरहरू) – Nepal Press

समानुपातिक सांसदहरूले लिए प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुले प्रमाणपत्र लिएका छन् ।

निर्वाचन आयोगले आइतबार समानुपातिक सबै सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।

प्रतिनिधिसभातर्फ ११० र सातै प्रदेशका विभिन्न दलका २२० उम्मेदवार गरी जम्मा ३३० जना समानुपातिक सांसद छन् ।

प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमालेबाट ३४, नेपाली कांग्रेसबाट ३२, नेकपा माओवादी केन्द्रबाट १४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ७, जसपाबाट ५ र जनमत पार्टीबाट ५ सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर