संसद अवरोध गरेर एमालेले धुन्धुकारि प्रवृत्ति देखायो : झलनाथ खनाल – Nepal Press

संसद अवरोध गरेर एमालेले धुन्धुकारि प्रवृत्ति देखायो : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सांसद झलनाथ खनालले एमालेले संसद अवरोध गरेर राष्ट्रलाई अराजकताको खाडलतर्फ धकेलेको टिप्पणी गरेका छन् ।

आजको संसद बैठकपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै खनालले एमालेको अवरोधलाई ‘मुर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिए । प्रतिपक्षी पार्टीको नेतृत्व धुन्धुकारि प्रवृत्तिबाट ग्रस्त भएको उनको आरोप छ ।

‘यो एउटा अराजकतावादी कुरा हो । जोसँग तर्कहरू सिद्धिन्छन्, शक्ति सिद्धिन्छ । बौद्धिकता सिद्धिन्छ । मर्यादा सिद्धिन्छ । संवैधानिकता सिद्धिन्छ । त्यस्ता मानिसहरू बल प्रयोगमा लाग्छन् । मुर्खतापूर्ण बल प्रयोग । यो मुर्खतापूर्ण बल प्रयोगभन्दा बढ्ता केही पनि होइन’, खनालले भने’, ‘संसद जनताको आवाज उठाउने, राष्ट्रका आवाज उठाउने, जनताका विभिन्न समस्याहरू उठाउने थलो हो । राष्ट्रका नीति, कार्यक्रम, बजेट, ऐन, कानूनहरू, संकल्पहरू निर्माण गर्ने थलो हो यो । यो थलोलाई नै बन्द गरेपछि, बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ ? यो राष्ट्रलाई नै चल्न नदिने, राष्ट्रलाई अराजकताको खाडलतर्फ लाने धुन्धुकारि प्रवृत्ति हो । धुन्धुकारि प्रवृत्तिबाट प्रतिपक्षी पार्टीको नेतृत्व ग्रस्त छ ।’


प्रतिक्रिया

One thought on “संसद अवरोध गरेर एमालेले धुन्धुकारि प्रवृत्ति देखायो : झलनाथ खनाल

  1. पार्टी फुटाउनेलाई चाहिँ के भन्ने नि ! धुन्धुकारी शब्द त कमै हाेला । तिमी बुढाकाे अब काम छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर