प्रचण्डसमक्ष माधवले भने- हामीले सहज मानेका छैनौं, धाकधम्की सहन जन्मेका होइनौं (भिडिओ) – Nepal Press

प्रचण्डसमक्ष माधवले भने- हामीले सहज मानेका छैनौं, धाकधम्की सहन जन्मेका होइनौं (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डकै सामुन्ने गठबन्धन फेरिरहने उनको प्रवृतिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेकपा स्थापना दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा नेपालले अहिलेको गठबन्धन पनि कहिलेसम्म रहने भन्ने टुंगो नभएको बताए ।

नेपालले भने, ‘परिस्थिति जटिल छ । गठबन्धन कहिले ओल्टो कहिले पोल्टो भइरहेको छ । यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुंगो छैन । हामीले सहज मानिरहेका छैनौं । सहज अवस्था अनुभूत गरिरहेका छैनौं, हामी कसैको धाक धम्की गालीगलौज सहनका लागि जन्मेका होइनौं । दास बन्ने नियतले राजनीतिमा आएका पनि होइनौं ।’

अध्यक्ष नेपालले आफूहरूमाथि अपमान भइरहेको समेत बताए ।


प्रतिक्रिया

One thought on “प्रचण्डसमक्ष माधवले भने- हामीले सहज मानेका छैनौं, धाकधम्की सहन जन्मेका होइनौं (भिडिओ)

  1. You’ll have to face the situation until you die.
    It is because you have done a job that resulted in the unfortunate conditions in the country !!
    You are expected to disappear soon !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर