कमजोर ठानेर अपमान गरे सत्ता समीकरणमा उथलपुथल ल्याइदिने माधव नेपालको चेतावनी – Nepal Press

कमजोर ठानेर अपमान गरे सत्ता समीकरणमा उथलपुथल ल्याइदिने माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा अर्को उथलपुथल ल्याइदिने चेतावनी दिएका छन् ।

गृह जिल्ला रौतहटको गौर नगरपालिका- २ महादेवपट्टीस्थित लालबकैया नदीमा निर्मित मधेश प्रदेशकै दोस्रो लामो झोलुङ्गे पुल शुक्रबार उद्घाटन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीलाई कमजोर नठान्ने चेतावनी दिएका हुन् ।

उनले आफूले देशका ठूला हस्ती राजा वीरेन्द्रदेखी ज्ञानेन्द्रसम्म, गणेशमान सिंहदेखि कृष्णप्रसाद भट्टराईसम्म, गिरजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएकाले आफू र आफ्नो पार्टीलाई कमजोर नठान्न चेतावनी दिए ।

पूर्वप्रधानमन्त्री रहेका नेपालले आफूहरुको आफ्नै स्वाभीमान, पहिचान, मूल्य मान्याता र महत्व रहेकोले हल्का रुपमा नलिन सचेत गरे ।

‘हामी कसैको दास होइनौं र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौं, त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता ग¥यो भने उसले ठूलो मूल्य चुकाउनुपर्छ’, नेता नेपालले भने, ‘हाम्रो आफ्नै स्वाभीमान र महत्व छ । त्यसैले यो कुरा बुझ्यो भने ठीक छ, नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’


प्रतिक्रिया

One thought on “कमजोर ठानेर अपमान गरे सत्ता समीकरणमा उथलपुथल ल्याइदिने माधव नेपालको चेतावनी

  1. मान सम्मान पुगेन क्यारे कांग्रेसको
    सहयात्रीलाई केही समयको चुरीफुरी न हो गए भइ हाल्छ नि हामी त खुसि हुने थियौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर