पाँच एसएसपीको सरुवा, सात एसएसपी र सात एसपीको पदस्थापना (सूचीसहित) – Nepal Press

पाँच एसएसपीको सरुवा, सात एसएसपी र सात एसपीको पदस्थापना (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ भने सात जना एसएसपी र सातै जना प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न निकायमा कार्यरत एसएसपीको सरुवा भएको हो भने भर्खरै एसपीबाट एसएसपीमा बढुवा भएका र डीएसपीबाट एसपीमा बढुवा भएकाको पदस्थापन भएको हो ।

जसमा कर्णली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत एसएसपी अर्जुनचन्द्र ठकुरीको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा, प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग वृत्ति विकास महाशाखामा कार्यरत यज्ञ विनोद पोखरेलको महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत किरण बज्राचार्यको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ ।

यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय अपराज निण्यन्त्रण तथा अनुसन्धान महाशाखामा कार्यरत एसएसपी मोहनप्रसाद पोख्रेलको बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली र दुइ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा शान्ती सुरक्षा महाशाखामा कार्यरत दिपक थापाको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग वृत्ति विकास महाशाखामा सरुवा भएको हो ।

सरुवा हुने सात जना एसएसपीकाे सूची यस्ताे छ:

 

 

उनिहरुकाे यस अघि नै सरुवा भएकाे विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भए पनि सूची भने भर्खरै मात्र प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेकाे हाे ।

बढुवा भएका सात जना एसएसपीकाे पदस्थापन

यस्तै भर्खरै एसपीबाट एसएसपीमा बढुवा भएका सात जनाकाे पदस्थापन भएकाे छ । जसमा काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा दरबन्दी रहेका विकाराज खनालको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कास्की, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी कैलालीमा दरबन्दी रहेका अनुरागकुमार द्धिबेदीको प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर, दाङ मानवश्रोत व्यवस्थापन महाशाखामा दरबन्दी रहेका राजेन्द्रसिंह खड्काको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत, नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा दरबन्दी रहेका योगबहादुर पालको दुइ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषा शान्ती सुरक्षा महाशाखामा पदस्थापन भएको छ ।

यस्तै लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेमा दरबन्दी रहेका टिकाबहादुर केसीको गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालमा दरबन्दी रहेका ध्रुबराज राउतको बागमती प्रदेश प्हरी कार्यालय हेटौडा, मकवानपुरमा र काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण, त्रिपुरेश्वरमा दरबन्दी रहेका भोलाबहादुर रावलको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली शान्ती सुरक्षा महाशाखामा पदस्थापन भएको छ ।

बढुवापछि पदस्थापन हुने एसएसपीकाे सूची यसप्रकार छ :

बढुवा भएका सात जना एसपीकाे पनि पदस्थापन

यस्तै भर्खरै डीएसपीबाट एसपीमा बढुवा भएका सात जना एसपीको पनि पदस्थापन भएको छ । जसमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा दरबन्दी रहेक जनकबहादुर शाहीको लुम्बिनी प्रदेश, दुइ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर प्रहरी नायब महानिरीक्षकको सचिवालयमा दरबन्दी रहेका रामेश्वर काकीृको नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा, काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर दुइ महाराजगञ्जमा दरबन्दी रहेका चक्रराज जोशीको काठमाडों उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरमा पदस्थापन भएको छ ।

यस्तै नेपाल प्रहरी विषेश सुरक्षा गण दुहवी, सुनसरीमा दरबन्दी रहेका लक्ष्मीराज अधिकारीको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङ मानवश्रोत व्यवस्थापन महाशाखा, नेपाल प्रहरी अनाश्रित गुल्म, काठमाडौंमा दरबन्दी रहेका रमेश पण्डितको लम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँके र प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयमा दरबन्दी रहेका अर्जुन रानाभाटको सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी कैलालीमा पदस्थापन भएको छ ।

बढुवापछि पदस्थापन हुने एसपीकाे सूची यसप्रकार छ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर