प्रकाश इन्फोसिस १५औं वर्षमा – Nepal Press

प्रकाश इन्फोसिस १५औं वर्षमा

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएको प्रकाश ईन्फोसिस आजदेखि १५औं वर्षमा प्रवेश गरेको छ । यो कम्पनीले सूचना प्रविधिसँग सम्बन्धि सेवा, परामर्श, जनचेतना, तालिम, सोसियल मिडियाको प्रयोग, ईन्टरनेटमार्फत समाजमा फैलिएका समस्यालाई डिजिटल साक्षरता अभियान नाम दिई काम गरिरहेको छ ।

विराटनगरमा स्थापना भएको यस कम्पनीले ‘प्रौढ कम्प्युटर शिक्षा’ नाम दिई ‘डिजिटल साक्षरता अभियान’ को सुरुआत गरेको थियो । त्यसै अभियानलाइ निरन्तरता दिदै विभिन्न ६ विधामा तालिम दिँदै आएको छ ।

यस कार्यक्रमबाट इमेल, इन्टरनेट, फेसबुक, स्काइप, च्याट र आधारभूत कम्प्युटर कौशलको बारेमा जानकारी प्राप्त गरेर सक्षम बन्न सकिने कम्पनीले जनाएको छ । ३० वर्षभन्दा माथिका व्यक्तिहरूलाई कम्प्युटर शिक्षा, सरकार तथा संगठनका अधिकारीहरूको लागि एक्सप्रेस कम्प्युटिङ, महिलाको लागि महिला डिजिटल साक्षरता, निर्माण व्यवसायीहरूका लागि ई-बिडिंग र डिजिटल मार्केटिङ साथै कम्प्यूटरको आधारभूत ज्ञान दिने गरेको छ ।

प्रविधिको माध्यमबाट जनशक्तिहरूलाई रोजगारी सिर्जना गर्ने यो एपले सामान्य प्रयोगकर्ताको रूपमा एपमार्फत दर्ता गर्न मिल्ने बनाइएको छ । रिभ्यू रेटिङ्गको आधारमा क्षमता अनि सीपको पहिचान गर्न भनी बनाइएको व्यवस्थामा मिलाइएको कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर