डा. गोविन्द केसी सत्याग्रहका लागि अमेरिका जाँदै – Nepal Press

डा. गोविन्द केसी सत्याग्रहका लागि अमेरिका जाँदै

काठमाडौं । स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसी सत्याग्रहका लागि अमेरिका जाने भएका छन् । विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्यूयोर्कमा हुने सामुहिक सत्याग्रहमा उनले भाग लिने कार्यक्रम छ ।

‘दुईदिने सामूहिक सत्याग्रह’ को अवधारणा लिएर डा. केसी बिहीबार न्यूयोर्क जान लागेका हुन् । उनको अगुवाइमा सेप्टेम्बर २० र २१ मा दिनको १ देखि ४ बजेसम्म न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन हुने भएको बताइएको छ ।

प्रदर्शनीमा जलवायु परिवर्तनलगायत कोभिड खोपका विषयमा विश्वका नेताहरूको ध्यानाकर्षण गराइने सोलिडारिटी फर डा. केसी अलायन्सले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *