युक्रेनमा क्रिप्टोकरेन्सीले पायो कानुनी मान्यता


काठमाडौं । युक्रेनको संसदबाट क्रिप्टोकरेन्सीलाई कानुनी मान्याता दिने सम्बन्धी कानुन पास भएको छ । गत जुनमा ल्याटिन अमेरिकी मुलुक एल साल्भाडोरले बिट्क्वाइनलाई वैधानिक मुद्राको मान्यता दिएको थियो ।
सन् २०२० मा संसदमा पेस गरिएको थियो । र, बुधबारबाट त्यो विधेयक पास भएसँगै अब युक्रेनमा पनि क्रिप्टो ट्रेडिङ वैधानिक भएको छ । यसअघि सम्म युक्रेनमा क्रिप्टोकरेन्सीको कारोबार सम्बन्धी कुनै कानुन थिएन । ‘ग्रे’ जोनमै भए पनि यसको कारोबार भने भइरहेको बताइएको छ ।
बुधबार भएको क्रिप्टोकरेन्सी सम्बन्धी विधेयकमाथिको छलफलबाट युक्रेनमा सर्वसम्मतले पारित भएको हो ।
सन् २०२२ देखि मुलुकमा व्यावसायिक कार्यका लागि पनि बिट्क्वाइनबाट भुक्तानीको व्यवस्था मिलाउने युक्रेनको तयारी छ ।
विश्वका केही मुलुकहरू- जर्मनी, लक्जम्बर्ग, सिंगापुरलगायतका देशहरूमा क्रिप्टोकरेन्सी वैधानिक छ ।