वेस्ट इन्डिज टीमलाई भेटेर खेलकुदमन्त्री श्रेष्ठले भनेः हामीले केही गर्नुपर्ने भए भन्नुस् – Nepal Press

वेस्ट इन्डिज टीमलाई भेटेर खेलकुदमन्त्री श्रेष्ठले भनेः हामीले केही गर्नुपर्ने भए भन्नुस्

काठमाडौं । खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए टीमलाई उनीहरू बसेको होटलमै गएर भेटेका छन् । टीमलाई स्वागत गर्दै उनले छोटो सम्वोधनसमेत गरे ।

मन्त्री श्रेष्ठले नेपाल भ्रमणमा आएकोमा टीमप्रति आभार प्रकट गरेका थिए । खेलाडीहरूको आतिथ्य र व्यवस्थापनमा कुनै कमि नहुने उनले प्रतिवद्भता जनाए ।

ञखेल अगाडि वा पछाडी हामीले गर्नुपर्ने केही भएमा भन्नुसझ मन्त्री श्रेष्ठले भने ।

खेलकुद भनेको मैदानमा भिड्नु मात्र नभएर दुई देशलाई जोड्नु पनि भएको उनको भनाइ छ ।

‘तपाईंहरूले नेपालबाट कस्तो अनुभव लैजानुहुन्छ, त्यसले हाम्रो लागि ठूलो महत्त्व राख्छ,’उनले भने,’ हाम्रा युवा खेलाडीहरूले तपाईंहरूबाट धेरै सिक्ने आशा राखेका छन् । यो उनीहरूका लागि ठूलो अवसर हो ।’

मन्त्री श्रेष्ठले केही परेमा क्यानका सचिव पारस खड्कामार्फत कुरा राख्न आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर