च्याम्पियन्स लिग जित्ने पीएसजीको सपनामा यो सिजन पनि लाग्यो ब्रेक – Nepal Press

च्याम्पियन्स लिग जित्ने पीएसजीको सपनामा यो सिजन पनि लाग्यो ब्रेक

काठमाडौं । फ्रेन्च टोली पेरिस सेन्ट जर्मान (पीएसजी)को च्याम्पियन्स लिग जित्ने सपनामा यो वर्ष पनि ब्रेक लागेको छ ।

गएराती भएको सेमिफाइनलको दोश्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग १-० ले पराजित भएपछि पिएसजीको सपना यो वर्षपनि साकार नभएको हो ।

पीएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो ।

बोरुसिया यस अघि सन् २०१३ मा फाइनलमा पुगेको थियो । त्यसबेला उसलाई जर्मनकै बार्यन म्युनिखले पराजित गर्दै उपाधी जितेको थियो ।

पीएसजीको घरेलु मैदानमा भएको खेलमा बोरुसियाको लागि एक मात्र विजयी गोल हुमेल्सले खेलको ५० औं मिनेटमा गरेका थिए । बोरुसियाले एक पटक सन् १९९७ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *