कप्तान किरणको कीर्तिमान ! – Nepal Press

कप्तान किरणको कीर्तिमान !

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ नेपालबाट सर्वाधिक अन्तर्राष्ट्रिय क्याप जित्ने खेलाडी बनेका छन् ।

बिहीबार दशरथ रंगशालामा भएको भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पूर्वकप्तान विराज महर्जनसँग सर्वाधिक अन्तर्राष्ट्रिय खेलको बराबरी गरेका थिए ।

र, साफ च्याम्पियनसिपको तयारीस्वरूप अहिले जारी भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि शुरूआती-११ मा स्थान बनाएसँगै किरणले कीर्तिमान एकलौटी बनाएका हुन् ।

वैशाखमा सम्पन्न थ्री नेसन्स कपको फाइनलमा केही मिनेट खेलेर राष्ट्रिय टोलीबाट बिदा भएका विराजले ७३ खेलको कीर्तिमान बनाएका थिए । विराजले लामो समय नेपालको कप्तानी गरेका राजुकाजी शाक्यको ६८ खेलको कीर्तिमान भंग गरेर ७३ पुर्‍याएका थिए ।

किरणले सन् २००८ मा एएफसी च्यालेन्ज कपमा अफगानिस्तानविरुद्ध डेब्यू गरेका थिए । सोही खेलमा घाइते भएका किरणले त्यो बेला आफ्नो करिअर समाप्त भएको सोचेका थिए । तर, आफूले फाइट गरेर आफूलाई खेलमा फर्काउन सफल भएको बुधबारको प्रि-म्याच पत्रकार सम्मेलनमा बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर