आमाको हत्या गरेको आरोपमा छोरी पक्राउ – Nepal Press

आमाको हत्या गरेको आरोपमा छोरी पक्राउ

सुर्खेत । जुम्लामा आमाको हत्या गरेको आरोपमा छोरी पक्राउ परेकी छन् । पातारासी गाउँपालिका-३ छुमकी ५५ वर्षीया सुवा महतराको हत्याको आरोपमा छोरी पक्राउ परेकी हुन् ।

शनिवार पातारासी गाउँपालिका-१ गडिगाउँ घर भई माइतीघर आएकी २५ वर्षीया हाँसु ऐडीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए ।

छोरीले मुसलले आमाको टाउकोमा हान्दा मृत्यु भएको उपरीक्षक कामतीले बताए ।

उनले भने, ‘छोरीको मानसिक सन्तुलन ठिक नभएको हुँदा घटना घटेको हुन् सक्छ । उनलाई पक्राउ गरेका छौँ । स्वास्थ्य जाँच गरेर मानसिक अवस्था के कस्तो छ ? डाक्टरको रिपोर्ट अनुसार कारबाही गर्छौँ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर