अर्थमा दाबी गरेका भरतले मधेशको पाए वन तथा वातावरण मन्त्रालय – Nepal Press

अर्थमा दाबी गरेका भरतले मधेशको पाए वन तथा वातावरण मन्त्रालय

जनकपुरधाम । मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका भरत प्रसाद साहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत लिएपछि वैशाख १६ मा मन्त्रीपरिषद पुनर्गठन गर्दै तीन मन्त्री र एक राज्यमन्त्री थपेका थिए ।

माओवादी संसदीय दलका नेता नेता साह विना विभागिय मन्त्री नियुक्त भएका थिए । आज १० दिनपछि मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेकी छन् ।

एकसाथ मन्त्री नियुक्त माओवादीकै यूवराज भट्टराई उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालय पाएका थिए । तर साहले अर्थ मन्त्रालय पाउनुपर्ने अडान लिएका थिए । तर अन्ततः वन तथा वातावरण मन्त्रालयमै चित्त बुझाउनु परेको छ ।

यस्तै नेकपा एसकी बेची लुङ्गेलीलाई यसअघि नै श्रम तथा यातायात मन्त्रालय तोकिसकिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर