गुल्मीको रेसुङ्गामा निरन्तर आगलागी, रेडियो नेपाल, टेलिकम र एनसेल टावर उच्च जोखिममा – Nepal Press

गुल्मीको रेसुङ्गामा निरन्तर आगलागी, रेडियो नेपाल, टेलिकम र एनसेल टावर उच्च जोखिममा

रुपन्देही । केही दिनदेखि गुल्मीको रेसुङ्गा वनमा लागेको भीषण आगलागीले यहाँ ठूलो जोखिम बढाएको छ ।

हावाहुरीसहित भएको आगलागीका कारण रेसुङ्गामा रहेको रेडियो नेपाल, टेलिकम र एनसेएलको टावर ठूलो जोखिममा परेका छन् ।

ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलका रूपमा यहाँ बनेका विभिन्न संरचना पनि आगलागीबाट क्षति हुने भएका छन् ।

स्थानीयका अनुसार शनिवार दिउँसोदेखि रेसुङ्गा र अर्जुनका वनमा आगलागी भइरहेको छ । तीनै तहका सुरक्षाकर्मी, स्थानीयद्वारा दमकलको सहयोगमा तल्लो भागको आगो केही नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

प्रवक्ता पोखरेलका अनुसार राती पुनः रेसुङ्गा वनमा एक्कासि हावाहुरीसहित भीषण आगलागी भएको छ ।

आगो नियन्त्रणको लागि रेसुङ्गामा सुरक्षाकर्मी कर्मी परेका छन् भने रेसुङ्गामा सुरक्षाकर्मी र स्थानीयको पहल आगो नियन्त्रणमा ल्याउने काम भएको छ । तर हावाहुरीसहित भएको आगलागी अहिले नियन्त्रण भन्दा बाहिर छ ।

जिल्लामा एउटा मात्रै दमकल भएको र सबै ठाउँमा नपुग्ने भएकाले आगो निभाउन थप समस्या देखिएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा ल्याउनको लागि स्थानीय र तम्घास बजारवासीलाई आगो नियन्त्रणमा जुट्न रेसुङ्गा संरक्षण समितिले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर