पत्रकारविरुद्ध सर्वोच्चका उपरजिष्ट्रारमार्फत मानहानीको मुद्दा, फौजदारी कसूरमा कारबाही माग – Nepal Press

पत्रकारविरुद्ध सर्वोच्चका उपरजिष्ट्रारमार्फत मानहानीको मुद्दा, फौजदारी कसूरमा कारबाही माग

काठमाडौं । सिधा कुरा डटकमका पत्रकारलाई अदालतको अवहेलनालगायतका फौजदारी कसूरमा अनुसन्धान गर्न सर्वोच्च अदालतकै उपरजिष्ट्रारले प्रतिवेदन पेश गर्दै इजलासबाट आदेश माग गरेका छन् । । उपरजिष्ट्रार गोविन्द घिमिरेमार्फत दायर रिटमा सिधा कुरा डटकमा युवराज कँडेल, नविन ढुंगानासहितविरुद्ध मानहानीको कसूरमा कारबाही माग गरिएको छ ।

उक्त माध्यमले अदालतको फैसलासँग सम्बन्धित एउटा गोप्य डिलको भनिएको अडिओ सार्वजनिक गरि केही मिडियाका सन्चालक र न्यायाधीश तथा वकिलहरु त्यसमा संलग्न रहेको दाबी गरेको थियो । समाचारको विषयलाई लिएर अदालतबाटै यस्तो मुद्दा दायर भएको सम्भवतः यो पहिलो हो ।

न्यायाधीश डा.आनन्दमोहन भट्टराई समेतलाई एक विवादास्पद अडियो प्रकरणमा जोडेपछि सर्वोच्च अदालत प्रशासनले अवहेलना कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । अडियो अनुसन्धान गरी प्रचलित फौजदारी कसुरमा पनि कारबाहीको दायरामा ल्याउन अन्य निकायलाई समेत आदेशको माग गरिएको छ।

उक्त मुद्दाको पेशी भोलि (सोमवार)का लागि तोकिएको छ ।

 

 


प्रतिक्रिया

One thought on “पत्रकारविरुद्ध सर्वोच्चका उपरजिष्ट्रारमार्फत मानहानीको मुद्दा, फौजदारी कसूरमा कारबाही माग

  1. सत्यतथ्य छानबिन गरि दोषीउपर हदै सम्मको कारवाही होस्। हावा नचली पात हल्लिदैंन। नेपाल आमाको सच्चा सपूतलाई सलाम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर