गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाटै ईपास दिने सुरु, कसरी लिने ? – Nepal Press

गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाटै ईपास दिने सुरु, कसरी लिने ?

काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय प्रवेश गर्नका लागि अनलाइनबाटै प्रवेश पास लिने व्यवस्थाको आइतबारदेखि सुरुवात गरेको छ । आइतबारदेखि आफैँले अनलाइन प्रणालीबाटै आवेदन दिएर सिंहदरवार प्रवेश पास लिन सकिने व्यवस्था सुरुवात भएको मन्त्रालयले जनाएको हो ।

सिंहदरवार प्रवेश गर्न सर्वसाधारणका लागि सहज बनाउन क्युआर कोडसहितको प्रवेश पासको व्यवस्था गरिएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार सिंहदरवार प्रवेश पासका लागि मोबाइल वा कम्प्यूटरमा प्रयोगकर्ताले प्लेस्टोरमा सिंहदरवार पास डाउनलोड गरेर वा ब्राउजरमा सिंहदरवारपास डट जिओभी डट एनपी लग इन गरेर प्रवेश पास प्राप्त गर्न सक्छन् ।

अनलाइन प्रणालीबाट दिएको आवेदन गृह मन्त्रालयले स्वीकृत गरेपछि त्यसै प्रणालीमा प्रवेश पास क्युआर कोडमा उपलब्ध हुने प्रवक्ता भट्टराईले बताए । त्यहि क्युआर कोड प्रवेशका लागि सिंहदरवार गेटमा देखाउनुपर्ने छ । उनका अनुसार नागरिकले एक दिनदेखि तीन महिनासम्मको अस्थायी पास आवेदन गर्न सक्नेछन् ।

अनलाइनबाट आवेदन पेश गर्ने गक्रममा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा चालक अनुमति पत्रको फोटोसँगै नम्बर पनि अट्याच गर्नुपर्छ ।

अहिले पहिलो चरणमा परिक्षणकालका रुमपा गृह मन्त्रालयबाट सुरु गरिएको र सफल भएमा बिस्तारै सबै मन्त्रालयका लागि यो व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।

यो व्यवस्था लागू भएपछि सर्वसाधारण नागरिकले सिंहदरवार प्रवेश गर्नका लागि सिंहदरवार भित्र रहेका निकायमा कार्यरत व्यक्तिलाई फोन गरेर नाम र ठेगाना टिपाएर सिंहदरबारको दक्षिणी गेटमा रहेको झ्यालमा लाइन लाग्दै कुरेर बस्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

कसरी प्रवेश पास प्राप्त गर्ने ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर