इलाम २ : चुलाचुली १ मा पहिचान पक्षधरका थेगिमले पाए सबैभन्दा बढी मत – Nepal Press

इलाम २ : चुलाचुली १ मा पहिचान पक्षधरका थेगिमले पाए सबैभन्दा बढी मत

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनीधिसभा उपनिर्वाचनमा चुलाचुली गाँउपालिका वडा नम्बर १ मा पहिचान पक्षधरका उम्म्दवार डेकेन्द्र सिंह थेगिमले सबैभन्दा बढी मत ल्याएका छन् ।

पहिचानवादीको गढको रुपमा चिनिएको सो वडामा डेकेन्द्रले १०३० मत पाएका छन् । एमालेका सुहाङ नेम्वाङले ६१४ र कांग्रेसका डम्बर खड्काले ५०९ मत पाएका छन् । सो वडामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले वडाअध्यक्षसहित सबै सदस्य जितेको छ ।

७४ को निर्वाचानमा पनि सो वडा मञ्चले जितेको थियो । सो वडामा एमालेको मत कम आउने अपेक्षा गरिएको थियो । तर एमालेका उम्मेदेवारले डेकेन्द्रपछि दोस्रो मत पाएका छन् । सो पालिकाको अध्यक्ष भने कांग्रेसले जितेको छ । कांग्रेसका राजेन्द्र केरुंग अध्यक्ष छन् भने एमालले उपाध्यक्ष जितेको छ । ६ वटा वडा रहेको चुलाचुलीमा नेपाली कांग्रेसले ५ वडा जितेको छ । यहाँ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एउटा वडा जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर