भारतमा बिट्क्वाइनबाट पिज्जा, आइसक्रिम र कफी किन्न पाइने – Nepal Press

भारतमा बिट्क्वाइनबाट पिज्जा, आइसक्रिम र कफी किन्न पाइने

काठमाडौं । भारतको सबैभन्दा पुरानो क्रिप्टो वालेट– युनोक्वाइनले बिट्क्वाइनबाटै पिज्जा, आइसक्रिम र कफी किन्न सुविधा दिन सुरु गरेको छ । कम्पनीले हालै सुरु गरेको यो सुविधाअनुसार सोझै बिट्क्वाइनको एक्सचेन्ज गरेर सामान किन्न मिल्ने भएको हो ।

यो सुविधासँगै युनोक्वाइन वालेटमा बिट्क्वाइन राखेका प्रयोगकर्ताले त्यसबाट सामान किन्नका लागि फियाट करेन्सीमा कन्भर्ट गर्नुपर्ने झन्झट्बाट मुक्ति पाएका छन् ।

युनोकोइन भारतमा सन् २०१३ देखि निरन्तर सञ्चालनमा रहेको क्रिप्टो वालेट हो । पछिल्लो समय विश्वभर क्रिप्टोकरेन्सीको लोकप्रियता बढ्दै गइरहेको छ । युरोप अमेरिका, सिंगापुर लगायतका विकसित मुलुकमा झन् प्रसिद्ध क्रिप्टोकरेन्सीको कारोबार नेपालमा भने गैर–कानुनी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर