कैलालीमा २ दुर्घटनामा तीन जनाको मृत्यु, पाँच घाइते – Nepal Press

कैलालीमा २ दुर्घटनामा तीन जनाको मृत्यु, पाँच घाइते

कैलाली । कैलालीमा बुधबार दुई दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिका–३, स्थित भाँसु भीरमा जीप खस्दा दुई जनाले ज्यान गुमाए । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।

चुरे–६, का ३६ वर्षीया दुर्गा साउद र डोटीको जोरायल गाउँपालिका–१, की पाँच वर्षीया एलिसा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पतालमा ल्याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

जीप चालक जोरायल गाउँपालिका–१, का ३१ वर्षीय रमेश खड्का, सोही ठाउँका २८ वर्षीया निर्मला खड्का र चुरे–६, का आठ वर्षीय सुशील साउद घाइते भएका छन् ।

घाइतेहरूको पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये साउदको अवस्था गम्भीर रहेको उनले बताए ।

धनगढीबाट डोटीको गैरा जाँदै गरेको प्रदेश नं. ३–०१–०२३ च ९०५९ नम्बरको जीप साँझ दुर्घटना भएको हो । जीप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सेनाको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

कैलालीमा नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–८ स्याउमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा धनगढी उपमहानगरपालिका ११ कि १५ बर्सिया बिद्या रानाको मृत्यु भएको प्रहरी प्रवक्ता बिष्टले बताए ।

दुर्घटनामा थप दुई जना घाइते छन् । धनगढी ५ का १७ वर्षीय क्रिस बम र धनगढी ३ का उमेश कार्कीको अवस्था गम्भीर रहेको उनले बताए । पूर्वबाट पश्चिम तर्फ आइरहेको प्रदेश ३ –०१ –००१ ग ३७३२ नम्बरको सेनाको ट्रकले म २ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएका थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर