छिन्नमस्ता भगवती मन्दिरबाट चोरी भएको चाँदीको मुकुटसहित एक पक्राउ – Nepal Press

छिन्नमस्ता भगवती मन्दिरबाट चोरी भएको चाँदीको मुकुटसहित एक पक्राउ

जनकपुरधाम । सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरबाट चोरी भएको भगवतीको चाँदीको मुकुट १२ घण्टापछि भेटिएको छ । प्रहरीले मुकुटसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका–५ मझाउ टोलका राजेश कुमार मण्डल छन् । चोरी भएको मुकुटसहित मण्डललाई आज बिहान पक्राउ गरी अनुसन्धान सुरु गरिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधव प्साद काफ्लेले जानकारी दिए ।

आइतबार साँझ करिब ७ः३० बजे पूजारी सरसफाईमा व्यस्त भएको मौका छोपेर मन्दिरबाट भगवतीको चाँदीको मुकुट चोरी भएको थियो । मुकुटको खोजीका लागि सप्तरी प्रशासनले भारतसँगको सीमा नै सिल गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर