महाप्रबन्धकसँगै वार्ता गर्ने नेवानिका कर्मचारीको अडान – Nepal Press

महाप्रबन्धकसँगै वार्ता गर्ने नेवानिका कर्मचारीको अडान

काठमाडौं । नेपाल वायुसेवा निगममा आन्दोलनरत कर्मचारीले आफूहरू महाप्रबन्धकसँगै वार्ता गर्ने अडान राखेका छन् ।

महाप्रबन्धक डिमप्रकाश पौडेल आज कार्यालय प्रवेशगरेसँगै कर्मचारीले थप आपत्ति जनाएका छन् । हिजो पौडेलले कर्मचारीलाई वार्ताको लागि आव्हान गरेसँगै नायब प्रबन्धक गणेशबहादुर चन्दको संयोजकत्वमा वार्ता गर्न भनिएको थियो ।

आफूहरू मन्त्रालय र निगमको नेतृत्व टोलीसँग मात्र वार्तामा बस्ने नेपाल वायुसेवा कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले जानकारी दिए ।

‘हामी नायब प्रवन्धकसँग वार्तामा बस्दैनौँ । वार्ता गर्ने हो भने महाप्रबन्धकसहित पर्यटन मन्त्रालयका सचिवसँग मात्र गर्ने छौं,’उनले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर