राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको संरचना परिवर्तनका लागि कार्यदल गठन – Nepal Press

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको संरचना परिवर्तनका लागि कार्यदल गठन

काठमाडौं । उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालको संयोजकत्वमा राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको सेयर तथा संस्थागत संरचना परिवर्तन अध्ययनका लागि ७ सदस्य कार्यदल गठन गरिएको छ ।

सदस्यहरु उर्जा मन्त्रालयकै अर्का सहसचिव सन्दीपकुमार देब, नेपाल विद्युत प्राधिकरणको प्रसारण निर्देशनालयका उप कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवाली, प्रसारणलाइन विज्ञ सुरेन्द्र राजभण्डारी र उर्जा मन्त्रालयका सिडिई बाबुराज अधिकारी र राजु महर्जन रहेका छन् ।

यस कार्यदलले विद्युत प्राधिकरण र राष्ट्रिय ग्रिड कम्पनीले संयुक्तरुपमा अध्ययन तथा निर्माण गरिरहेको प्रशारण लाइनलाई एउटै निकाय मार्फत गराउनका लागि आवश्यक अध्ययन गर्ने उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयले जनाएको छ ।

यस कार्यदलले नेपाल विद्युत प्राधिकरणभित्र रहेको विद्युत प्रसारण प्रणाली र सो सँग सम्वन्धित संरचना , सम्पति र दायित्वको मुल्याङ्कन गरी यसलाई राष्ट्रिय प्रशारण ग्रिड कम्पनीमा हस्तारण गर्ने प्रकृयाको अध्ययन गर्ने जनाइएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुभवी दक्ष तथा प्रावधिक कर्मचारीलाई राष्ट्रिय ग्रिड कम्पनीमा समावेश गरी यस कम्पनीको सेयर संरचना तथा संस्थागत संरचना परिवर्तन गर्नका लागि यस कार्यदलले आवश्यक अध्ययन गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर