सरकारी जग्गा कब्जा गरेको आरोपमा हाम्रो टिम नेपालका १८ अभियन्ता पक्राउ – Nepal Press

सरकारी जग्गा कब्जा गरेको आरोपमा हाम्रो टिम नेपालका १८ अभियन्ता पक्राउ

काठमाडौं । हाम्रो टिम नेपालका अभियन्ता विमल पन्त पक्राउ परेका छन् । अनामनगरको पूर्वी गेट अगाडि रहेको सार्वजनिक जग्गा कब्जाको आरोपमा प्रहरीले पन्तसहितका अभियन्ताहरुलाई पक्राउ गरेको हो । सिंहदरबार प्रहरी वृत्तका १८ जनालाई पक्राउ गरिएको छ ।

हाम्रो टिम नेपालले लकडाउनको समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको थियो ।

युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटक पटक ताकेता गर्दा पनि खाली नगरेपछि प्रक्राउ गरिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर