इलाम २ : १० वटा वडाकाे गणना सकिँदा १६ सय मतसहित सुहाङको लिड, अन्यको कति ? – Nepal Press

इलाम २ : १० वटा वडाकाे गणना सकिँदा १६ सय मतसहित सुहाङको लिड, अन्यको कति ?

काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाकाे गणना भइसकेकाे छ । जसमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित लिड गरिरहका छन् ।

पछिल्लो विवरणअनुसार १५ हजार ९६८ मत गन्दा नेम्वाङले ६४०३ मतसहित अगाडि हुँदा कांग्रेसका डम्बर खड्का ४७८० ले दोस्रो छन् । उनीहरुबीच १६२३ मतको अन्तर छ ।

सुरुदेखि नै तेस्रो स्थानमा रहेका पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिम ३१८८ मत ल्याएका छन् भने रास्वपा मिलन लिम्बु १ हजार मत प्राप्त गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर