मधेश सरकारबाट एमाले पनि बाहिरिँदै – Nepal Press

मधेश सरकारबाट एमाले पनि बाहिरिँदै

जनकपुरधाम । नेकपा एमालेले पनि मधेश सरकार छाड्ने भएको छ । आजै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन एकसाथ फिर्ता लिने तयारी गरेका छन् ।

एमाले केन्द्रीय नेतृत्वले पनि मधेश सरकार छाड्न प्रदेशस्तरीय दलका नेतालाई निर्देशन दिएको छ ।

एमाले केन्द्रीय सदस्य सञ्जीव झा ‘सुरज’ ले भने, ‘अहिले भर्खर निर्देशन आएको छ । हाम्रो पार्टी पनि सरकार छाड्दैछ ।’

केहीबेरमा मन्त्रीहरूले राजीनामा बुझाएर समर्थन फिर्ता लिने उनले बताए । माओवादीका मन्त्रीले पनि आजै राजीनामा दिएर समर्थन फिर्ताको तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर