सूचनासहित चार विभागका महानिर्देशक हेरफेर – Nepal Press

सूचनासहित चार विभागका महानिर्देशक हेरफेर

काठमाडौं । सरकारले चार वटा विभागका महानिर्देशक हेरफेर गरेको छ । मन्त्रिपरिषद् बैठकले मन्त्रालय, निकाय, आयोग, कार्यालय तथा प्रदेश मन्त्रालयमा कार्यरत ६० जना सहसचिवको सरुवा गर्ने क्रममा मन्त्रालयअन्तर्गत रहेका चार वटा विभागका महानिर्देशक पनि हेरफेर भएका हुन् ।

सरुवा सूचीअनुसार सूचना तथा प्रशारण विभागका महानिर्देशक शंकर नेपाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन् । सूचना तथा प्रविधिमन्त्रालयअन्तर्गतकै मुद्रण विभागका महानिर्देशक रेखा कँडेल आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशमा कामकाजमा खटाइएकी छन् ।

यस्तै गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक महादेव पन्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा निमित्त मुख्य सचिवको जिम्मेवारीमा सरुवा भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​का महानिर्देशक तीर्थराज चिलुवाल गृह मन्त्रालयअन्तर्गत सरुवा भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *