आलु प्याजमा लागेको भ्याट फिर्ता गर्न माग – Nepal Press

आलु प्याजमा लागेको भ्याट फिर्ता गर्न माग

काठमाडौं । आलु प्याज आयात निर्यात तथा थोक विक्रेता संघले आलु र प्याजमा लगाएको भ्याट फिर्ता गर्न माग गरेको छ ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीलाई संघले आज ज्ञापन पत्र बुझाउँदै आलु प्याजमा लागेको भ्याट फिर्ता गर्न माग गरेका हुन् ।

संघले दोस्रो र तेस्रो मुलुकबाट आलु प्याज आयात गरी नेपालमा थोक बिक्रि वितरण गर्दै आएको छ । भ्याटले उपभोक्तालाई समेत समेत असर पारेको जनाएको छ ।

आलु, प्याज हालसम्म मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसुची १ को समूह क (आधारभूत कृषि उत्पादनहरु)अन्तर्गत मूल्य अभिवृद्धि कर छुट हुने वस्तु तथा सेवाहरु अन्तर्गत समावेश हुँदै आएको थियो ।

तर, गत साउन १ गतेदेखि लागू भएको आर्थिक ऐन, २०८० को दफा ४२ अन्तर्गत मूल्य अभिवृद्धि कर ऐन, २०५२ को संशोधन बमोजिम आलु तथा प्याज मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसुची १ मा मूल्य अभिवृद्धि कर छुट हुने वस्तु तथा सेवाहरु अन्तर्गत समावेश गरिएको छैन ।
तत्कालिन अर्थमन्त्री प्रकाशशरण महतले आलु प्याजमा भ्याट लगाएका थिए ।

व्यवसायीले हाल पनि कृषि सेवा शुल्क ९ प्रतिशत र अग्रिम आयकर १.५ प्रतिशत गरी १०.५ प्रतिशत रकम कर राजस्व बुझाउँदै आएका थिए । उक्त कर रकममा थप १३ प्रतिशत मूअ करको भार थप्दा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दैनिक भान्सामा लाग्ने खर्च बढेको छ ।


प्रतिक्रिया

One thought on “आलु प्याजमा लागेको भ्याट फिर्ता गर्न माग

  1. हैन हो अरु देशका नेता हरु त जन्ता लाई कसरी खुशी शुखी र समृद्धि बनाउने , जनता ले कसरी शान्ति र सुनिश्चितता पाउँछन् भनेर सोच्छन हाम्रो मुलुक को गोरु हरु गगने झै मात्र बन्ने रहेछन नेता हो कि बिग्रेका केटा… छि फोहोरी राजनीति … अझ काङ्ग्रेस को त नाङै हिडे बराबर नै भो, सता बहिर हुदा , अब आस नगर न भोट मा जित्छौ न कुनै प्रदेश मा … अब चौथो पार्टी मा आउने छौ 20 बर्स पछाडी धकेल्यो गगने प्रकासे जस्ता गति छाडा बिग्रेका केटाले ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर