निर्जीवन बीमा कम्पनीहरुले नौ महिनामा कमाए सवा ५ अर्ब – Nepal Press

निर्जीवन बीमा कम्पनीहरुले नौ महिनामा कमाए सवा ५ अर्ब

काठमाडौ । चालू आर्थिक वर्षको नौ महिनामा निर्जिवन बीमा कम्पनीहरुले सवा ५ खर्ब रुपैयाँ कमाएका छन् ।

तिनीहरुले प्रकाशन गरेको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको नौ महिनामा निर्जीवन बीमा कम्पनीहरुले सवा ५ खर्ब रुपैयाँ कमाएका हुन् । जसमा सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्सुरेन्सले नाफा कमाएको छ । उसले ६७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको हो ।

दोस्रो बढी कमाउनेमा नेपाल इन्सुरेन्स छ । उसले ६१ करोड ४४ लाख रुपैयाँ कमाएको छ । सरकारी स्वमित्वको राष्ट्रिय बीमा कम्पनी र नेको इन्सुरेन्सको नाफा भने घटेको छ ।

कसको नाफा कति ?

बीमा कम्पनीमा लगानी गर्ने शेयर धनीको प्रतिशेयर आम्दानी पनि दुइटा कम्पनीबाहेक सबैको बढेको छ । प्रभु इन्सुरेन्सको शेयर आम्दानी २६ रुपैयाँ ६८ पैसाले बढेको छ । प्रभुको प्रतिशेयर आम्दानी ११ रुपैयाँ २५ पैसाबाट ३७ रुपैयाँ ७३ पैसा पुगेको छ ।

नेपाल इन्सुरेन्सको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५७ पैसाले बढेर ४९ रुपैयाँ ८२ पैसा पुगेको छ ।

कसको प्रतिशेयर आम्दानी कति ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर