छानबिन समितिको माग दोहोर्‍याउँदै कांग्रेसले भन्यो- सहकारी ठगीमा गृहमन्त्री लामिछाने संलग्न छन् – Nepal Press

छानबिन समितिको माग दोहोर्‍याउँदै कांग्रेसले भन्यो- सहकारी ठगीमा गृहमन्त्री लामिछाने संलग्न छन्

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको दाबी दोहो¥याएको छ । संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेकखले विज्ञप्ति जारी गर्दै तत्काल संसदीय छानबिन समिति गठन गर्न पुनः माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सहकारीमा बचत गरेको रकम हिनामिना, दुरुपयोग र अपचलन गर्नेमा नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत संलग्न रहेका छन् । यसबारेमा संसदीय छानबिन समिति गठन गर्न नेपाली कांग्रेसलगायत अन्य विपक्षी दलले निरन्तर माग गरिरहेको सर्वविदित्तै छ ।’

लाखौं नेपाली नागरिकले सहकारीमा जम्मा गरेको अर्बौं बचत रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएको कांग्रेसको निष्कर्ष छ ।

विज्ञपित्मा भनिएको छ, ‘सहकारीमा रकम जम्मा गरेका व्यक्तिहरुको बचतको सुरक्षाको ग्यारेन्टी गर्न, रकम हिनामिना भई मर्कामा परेका पीडितको रकम फिर्ता गर्न र सहकारीको रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी गर्नेहरुमाथि कारबाही गर्न अनिवार्य भएको ठहर गर्दछ ।’

कांग्रेसले उठाएको मागलाई बेवास्ता नगर्न सरकारलाई चेतावनीसमेत दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर