बझाङमा एमालेलाई उछिन्दै कांग्रेसको अग्रता – Nepal Press

बझाङमा एमालेलाई उछिन्दै कांग्रेसको अग्रता

कैलाली । प्रदेश सभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार अभिषेक सिंहले अग्रता बनाएका छन् । सुरुवाती चरणमा अग्रता लिएका नेकपा एमालेका उम्मेदवार दमन भण्डारीलाई पछि पार्दै सिंहले अग्रता बनाएका हुन् ।

छविसपाथिभेरा,जयपृथ्वी नगरपालिका , खप्तड छान्ना र सुर्मा गाउँपालिका सबै तथा थलराको ९ नम्बर वडाको गणना गर्दा सम्म कांग्रेस उम्मेदवार सिंहले २४९ मतले अग्रता बनाएका छन् ।

अहिलेसम्म कांग्रेस उम्मेदवार सिंहले ७ हजार ४८८ मत पाउँदा एमाले उम्मेदवार भण्डारीले ७ हजार २३९ मत पाएका छन् । माओवादी उम्मेदवार जनक बुढाले २ हजार ८९४ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २हजार १०२ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर