लागू भयो घटेको ब्रोकर कमिसन, अब सेयर खरिदबिक्रीमा कति लिन पाउँछन् ? – Nepal Press

लागू भयो घटेको ब्रोकर कमिसन, अब सेयर खरिदबिक्रीमा कति लिन पाउँछन् ?

काठमाडौं । आजबाट नयाँ ब्रोकर कमिसन लागू भएको छ । नेपाल धितोपत्र बोर्डले जेठ १ गतेदेखि नयाँ ब्रोकर कमिसन दर लागू भएको जनाएको छ । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूचीमा हेरफेर गरेर ब्रोकर कमिसन घटाउने निर्णय गरेको थियो ।

नयाँ कमिसन अन्तर्गत संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्रीमा धितोपत्र दलाली वापत् लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँसम्मको कारोवारमा ०.३६ प्रतिशत कमिसन लाग्ने छ । त्यस्तै, ५० हजारभन्दा माथि ५ लाखसम्मको कारोवारमा ०.३३ प्रतिशत कमिसन लाग्ने छ । ५ लाखदेखि २० लाखसम्मको कारोवारमा ०.३१ प्रतिशत कमिशन लागू हुने छ भने २० लाखदेखि १ करोडसम्मको कारोवारमा ०.२७ प्रतिशत कमिसन लाग्ने छ । १ करोडभन्दा माथी जतिसुकैको कारोबारमा ०.२४ प्रतिशत कमिसन लाग्ने छ ।

यसअघि संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्रीमा ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारभन्दा माथि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत र २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत कमिसन लाग्ने गरेको थियो । यस्तै १ करोडभन्दा माथी जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्ने गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर