इलाम २ : पहिचानवादी र कांग्रेसको किल्लामा एमालेको फराकिलाे अग्रता – Nepal Press

इलाम २ : पहिचानवादी र कांग्रेसको किल्लामा एमालेको फराकिलाे अग्रता

विराटनगर । इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा निर्वाचनका लागि भएको उपनिर्वाचनका ११ वटा वडाको मत गणना हुँदा एमालेका उम्मेदवारले २ हजार २८२ को फराकीलाे मतान्तर बनाएका छन् ।

इलामको फाकफोक थुम गाउँपालिकाका सबै वडा र चुलाचुली गाँउपालिाकाको १ ,२,३ र ४ नम्बर वडाको मत गनिसक्दा एमालेको मतान्तर बढ्दै गएको हो । १० वटा वडाको मत गन्दा एमाले र काँग्रेसका बिचमा १६सय ८० को मात्रै मतान्तर रहेको थियो ।

वडा नम्बर ४ को मत गनिसक्दा एमालेका उम्मेदवार सहाङ नेम्वाङले ७६७७ मत पाएका छन् । उनलाई पच्छ्याइरहेका कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५३९५ मत पाएका छन् । यस्तै पहिचानवादीको गढको रूपमा प्रचार गरिएको चुलाचुलीमा भने पहिचान पक्षधरका उम्मेदवार डकेन्द्र सिंह थेगिमले सन्तोष जनक मत ल्याएका छन् ।

उनले ४हजार ५८ मत बनाएका छन् । चुलाचुलीमा मतगणना हुँदा रास्वपाको भने मत बढ्न सकेको छैन । रास्वपाका उम्मेदवार ११६२ मत मात्रै प्राप्त गरेका छन् । चुलाचुलीमा एमालेले स्थानीय तहको निर्वाचनमा एउटा पनि वडा जितेको छैन । ६ वटा वडा रहेको चुलाचुलीमा कांग्रेुसले ५ वटा वडाको वडाध्यक्ष जितेको छ । एउटामा भने सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले वडाध्यक्ष जितेको छ ।

हेर्नुस् कसकाे मत कति ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर