शीर्ष चार दलका प्रमुख सचेतकलाई बोलाएर सभामुखले भने- संवैधानिक संकट हुने अवस्था नआओस् – Nepal Press

शीर्ष चार दलका प्रमुख सचेतकलाई बोलाएर सभामुखले भने- संवैधानिक संकट हुने अवस्था नआओस्

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन्।

सभामुखको कार्यकक्ष संसद भवन भएको छलफलमा दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरू र बजेट प्रभावित हुने अवस्था आउन नदिने सभामुखले छलफल गरेको हुन्।

राजनीतिक दलहरुबीच सहमति नहुँदा संसदका बिजनेस प्रभावित हुने देखिएको भन्दै संवैधानिक संकट हुने अवस्था नल्याउन दलहरूलाई आग्रह गरे।

बैठकमा कांग्रेसकी सचेतक सुशीला थिङले नेपाली कांग्रेस संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने बताइन्।

उनले भनिन्- छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ ।

तर, बैठकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीले पहिला बोल्न पाउनुपर्ने बताए।

उनले भने- गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो । बोल्न पाउनुभएको छैन । आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ । गृहमन्त्रीले बोल्न पाउनुपर्छ । धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्स पूरा हुँदैन । कांग्रेसले पुनर्विचार गर्नुपर्छ ।

सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूचीबारे जानकारी दिए। नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे पनि जानकारी दिए।

छलफलमा एमालेका प्रमुख सचेतक महेश बर्तौँला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र कांग्रेसकी सचेतक सुशिला थिङ सहभागी थिए। भने सरकारको तर्फबाट कानूनमन्त्री पदम गिरी पनि सहभागी थिए।

कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेस गर्न दिए पनि गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म कुनै कार्यसूचीमा प्रवेश गर्न नदिने अडान कायमै राखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर