आफ्नै पालिकाबाट अपेक्षित मत नआएपछि डकेन्द्रलाई हारको पूर्वाभास, चुनाव सोचेजस्तो नभएको टिप्पणी – Nepal Press

आफ्नै पालिकाबाट अपेक्षित मत नआएपछि डकेन्द्रलाई हारको पूर्वाभास, चुनाव सोचेजस्तो नभएको टिप्पणी

धेरै नै फरक पर्‍यो, अब जितिँदैन होला : डकेन्द्र

विराटनगर । पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाव जित्न अब गाह्रै हुने बताएका छन् । नेपाल प्रेससँग कुरा गर्दै थेगिमले कोर एरियाबाट पनि लिड गर्न नसकेपछि अब चुनाव जित्न गाह्रो हुने भएको बताए । उनले चुनाव जित्न नसके पनि पहिचानका पक्षमा माहौल बनेको टिप्पणी गरे ।

इलाम क्षेत्र नम्बर २ अन्तर्गत चुलाचुली गाउँपालिका पहिचानवादीहरूको कोर एरियाको रूपमा मानिन्थ्यो । सो पालिकाको ५ वटा वडाको अन्तिम मत परिणाम आउँदा उनले ३०९५ मत पाएका छन् । जबकि सोही पालिकामा एमालेले ३२६४ मत पाएको छ । एमालेका सुहाङ नेम्वाङको अहिलेसम्मको मत परिणामअनुसार ७६७७ मत छ भने थेगिमको ४०५८ मत आएको छ । सुहाङभन्दा ३६१९ को मत अन्तरले पछि परेपछि थेगिमले सोचे जस्तो नभएको प्रतिक्रिया दिए ।

उनले भने, ‘धेरै नै फरक पर्‍यो । हाम्रो अपेक्षा चुलाचुलीमा धेरैले लिड गर्छौं भन्ने थियो ।’ उनले राष्ट्रिय स्वतन्त्र पार्टीको समेत मत नआएकाले पनि एमालेको मतान्तर बढी भएको बताए । उनले भने, ‘इमानदारहरुले मत दिए चुनाव हो चुनावमा अरू कुराले पनि फरक पार्दो रहेछ ।’

मांसेबुंगले मात्रै आफूलाई जित निकाल्न सम्भव नहुने उनको बुझाइ छ ।

फाफोकथुनम गाउँपालिकामा पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले ९६३ मात्रै मत पाएका थिए । यो उनको आफ्नो पालिका समेत हो । तर पहिचानवादीहरूले आफ्नो कोर एरियाको रूपमा ठानेको चुलाचुली गाउँपालिकामा आएपछि भने डकेन्द्रलाई दोस्रो मत आएको छ । पहिलो मत एमालेका नेम्वाङले प्राप्त गरे ।

चुलाचुली गाँउपालिाकाको वडा नम्बर १ मा पहिचान पक्षधरका डकेन्द्रसिंह थेगिमले वडा नम्बर १ मा १९९४ मत पाएका छन् । २ मा ३०१ ,३ मा ८९३, ४ मा ५४५, ५ मा ३२५ मत पाएका छन् । उनले ६ वटा वडामध्ये २ वटा वडामा सर्वाधिक मत पाए ।

उनले वडा नम्बर १ र ३ मा एमालेले भन्दा बढी मत ल्याएका हुन् । स्थानीय तहको निर्वाचनमा वडा नम्बर १ भने पहिचान पक्षधर पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चुनाव जितेको थियो । अन्य वडामा भने कांग्रेस उम्मेदवार वडाध्यक्षमा विजय भएका थिए । चलाचलीको वडा नम्बर १ मा ६१४ मत पाएको एमालेले २ मा ७४५,३मा ६३१,४ मा ६४४, ५ मा ६३० मत पाएको छ ।

कांग्रेसले भने एउटा पनि वडामा लिड गर्न सकेन । काँग्रेसका उम्मेदवार डम्बर खड्काले वडा नम्बर १ बाट क्रमशः ५०१,६९१,३३०,२८७,३२९ मत पाएका छन् ।

 


प्रतिक्रिया

One thought on “आफ्नै पालिकाबाट अपेक्षित मत नआएपछि डकेन्द्रलाई हारको पूर्वाभास, चुनाव सोचेजस्तो नभएको टिप्पणी

  1. जातिवादी डाकेन्द्रको जमानत जफत हुनुपर्ने , ईलामका भेडा जनताले यत्रो मत दिए!
    देशको लागि आएको रास्वपालाई चिन्न सकेनन् !😪

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर