दुई वर्ष पहिले तेस्रो भएका अभिषेकलाई सोही वडाबाट सहानुभूति मत, अनि बढाए अग्रता


कैलाली । दुई वर्षअघि स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पराजित भएका कांग्रेसका अभिषेक सिंहले अहिले सोही वडामा सबैभन्दा धेरै मत पाए ।
उनी जयपृथ्वी नगरपालिकाको वडा नम्बर ५ बाट काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवार थिए । २७१ मत ल्याएर स्वतन्त्र उम्मेदवार प्रेम थापा निर्वाचित हुँदा २०१ मत सिंह तेस्रो स्थानमा रहेका थिए । उनी भन्दा १४ मत बढि एमाले उम्मेदवार राजेश बहादुर सिंहले ल्याएका थिए ।
वडाध्यक्षमा तेस्रो भएका सिंहले अहिले सोही वडामा मात्रै ३३४ मत प्राप्त गरेका छन् । अहिले एमालेलाई उछिन्दै अगाडी बढेको सिंह आफ्नो सोही वडाबाट अग्रता बनाउँदै लगेका हुन् ।
सिंहको वडामा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले पनि १७१ मत पाए भने एमाले उम्मेदवार दमन भण्डारी १०९ मत पाए ।
एमालेले ६ सय भन्दा बढि अग्रता बनाइरहेका बेला अछविसपाथिभेरा, थलारा , खप्तड छान्ना गाउँपालिका सबै र जयपृथ्वी १ ,२ ,३ ४ ५, ६ को मत परिणाम सम्म ८८ मतले मात्रै अगाडि बढेका थिए ।
वडा नम्बर ५ सम्म गणना गर्दा एमालेको उम्मेदवार दमन भण्डारी कांग्रेस उम्मेदवार अभिषेक सिंह भन्दा ८८ मतले मात्रै अगाडी रहेका थिए वडा नम्बर ७ सम्म गणना गर्दा फेरि एमालेले अग्रता बढाएको थियो । वडा नम्बर ७ एमाले नेता ऐन महरको वडा हो ।
त्यहाँ एमाले उम्मेदवार भण्डारीले ४१९ मत पाए भने कांग्रेस उम्मेदवार सिंहले २३३ मत प्राप्त गरेका थिए । अहिलेसम्म चार वटा पालिका र एक वडाको मतगणना सम्पन्न भएको छ ।
बझाङमा ३ पालिका र एक वडासम्म अग्रता कायम राखेको नेकपा एमालेलाई नेपाली कांग्रेसले पछारेको छ । छबिसपाथिभेरा, खप्तड छान्ना, थलारा गाउँपालिका र जयपृथ्वी नगरपालिकासम्म आइपुग्दासम्म अग्रता कायम राखेको एमालेलाई नेपाली कांग्रेसले सुर्मा गाउँपालिकाको सबै वडाको मतगणना हुँदा २६४ मतले पछि पारेको हो ।
सुर्माको मत गणना सकिदा बझाङमा नेपाली कांग्रेसले ७ हजार ४९२, नेकपा एमालेले ७ हजार २२८, माओवादी केन्द्रले २ हजार ८९५, नेकपा एकीकृत समाजवादीले २ हजार १०२ राप्रपाले १८१ मत पाएको छ ।
अहिले मस्टा गाउँपालिकाको मतगणना भइरहेको छ । अब मस्टा, तल्कोट र साइपाल गाउँपालिकाको मतगणना बाँकी रहँदा नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा टक्कर हुने देखिएको छ । नेकपा एमालेले आफूलाई मस्टा र तल्कोटमा अगाडी जाने दाबी गर्दै आएको छ भने नेपाली कांग्रेसले साइपाल र मस्टामा आफूले अग्रता लिने बताइरहेको छ ।