पूर्वमिस नेपाल अनुष्का श्रेष्ठद्वारा हेलम्बुमा २५ सय डलर बराबरको स्वास्थ्य सहायता प्रदान – Nepal Press

पूर्वमिस नेपाल अनुष्का श्रेष्ठद्वारा हेलम्बुमा २५ सय डलर बराबरको स्वास्थ्य सहायता प्रदान

काठमाडौं । कोभिड-१९ महामारीबाट प्रभावित सिन्धुपाल्चोकको हेलम्बु गाउँमा पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले स्वास्थ्य सहायता प्रदान गरेकी छिन् ।

उनले सो गाउँमा विश्व सुन्दरी प्रतियोगिताको बेला ब्युटी विथ पर्पस प्रोजेक्ट पनि संचालन गरेकी थिइन् । यसैसाता हेलम्बु पुगेर अनुष्काले गाउँलेलाई एन्टीजेन परीक्षण, पीपीईसहित २५ सय अमेरिकी डलर बराबरको स्वास्थ्य सहायता प्रदान गरिन् ।

गाउँका जनप्रतिनिधिलाई जरुरी अक्सिजन कन्सनट्रेटर समेत प्रदान गर्ने अनुष्काको योजना छ । यसअघि पूर्वमिस नेपाल श्रृंखला खतिवडाले पनि स्वास्थ्य सहायता प्रदान गरेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर