तिलोत्तमामा पहिलो पटक जडान गरियो ट्राफिक लाइट – Nepal Press

तिलोत्तमामा पहिलो पटक जडान गरियो ट्राफिक लाइट

रूपन्देही । लुम्बिनी प्रदेशकै पहिलो पटक रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ट्राफिक लाइट जडान गरेको छ ।

बुटवल भैरहवा सडकखण्डको सिक्सल्यण्ड सडकमा पर्ने मणिग्राममा जडान गरिएको ट्राफिक लाइट प्रदेशको पहिलो प्रयोग रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विश्वकर्माले बताए ।

नगरकै सबैभन्दा बढी सवारी आवागमन हुने मणिग्राम चोकमा नगरपालिकाले आफ्नै स्रोतमा ट्राफिक लाइट व्यवस्थापन गरेको हो । ट्राफिक लाइटको कन्ट्रोल मंगलापुरमा रहेको ट्राफिक प्रहरी पोष्टबाट हुने नगरपालिकाले जनाएको छ ।

ट्राफिक लाइटको मंगलबार शुभारम्भ गर्दै नगरप्रमुख बासुदेव घिमिरेले मणिग्राममा जडान गरिएको ट्राफिक लाइटको प्रभावकारितासंगै यसलाई सिक्सलेन सडकका अन्य चोकहरुमा समेत विस्तार गरिने बताए ।

ट्राफिक लाइटको कन्ट्रोलका लागि चाहिने उपकरण व्यवस्थापनमा ट्राफिक प्रहरीलाई नगरपालिकाले सहयोग गर्ने स्पष्ट पार्दै उनले ट्राफिक लाइटको परिपालना, यसको संरक्षण गर्ने दायित्व सबैको रहेको बताए ।

त्यस्तै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बर बहादुर विश्वकर्माले तिलोत्तमाले आफ्नै स्रोतमा ट्राफिक लाइटको व्यवस्थापन गर्नु अरुको लागि पनि अनुकरणीय रहेको बताए । ट्राफिक प्रहरीसंगको समन्वयमा ट्राफिक लाइट जडान गरेर तिलोत्तमाले प्रदेशमै नयाँ सन्देश दिएको बताउँदै उनले यो दुर्घटना न्यूनीकरणको लागि कोसेढुंगा हुने विश्वास व्यक्त गरे ।

प्रदेश ट्राफिक प्रहरीले बुटवल(भैरहवा सिक्सलेन सडकलाई अन्तर्राष्ट्रिय ट्राफिक नियमको परिपालना गर्नेरगराउने सडकको रुपमा लिएको बताउँदै उनले ट्राफिक लाइट व्यवस्थापनले त्यसलाई सहज गराउने स्पष्ट पारे ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक एसपी मनोज कुमार के।सी।ले ट्राफिक लाइट सडक विकासको एउटा सूचक रहेको चर्चा गर्दै यसले ट्राफिक व्यवस्थापनमा टेवा पुर्याउने बताए ।

ट्राफिक लाइटको नियम परिपालना गराउन केही समय लाग्ने भए पनि यसमा सडक प्रयोगकर्ता अभ्यस्त भएपछि ट्राफिक व्यवस्थापनमा प्रहरीलाई यसलाई सहयोग पुर्याउने उनको भनाइ छ । उपप्रमुख जागेश्वरी चौधरीले प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर