वल्र्ड भिजनद्धारा सरकारलाई १४ सय अक्सिजन सिलिन्डर सहयोग – Nepal Press

वल्र्ड भिजनद्धारा सरकारलाई १४ सय अक्सिजन सिलिन्डर सहयोग

काठमाडौं । वल्र्ड भिजन इन्टरनेशनल नेपालले सरकारलाई १,४०० अक्सिजन सिलिन्डर सहयोग गरेको छ । १६ जिल्लामा कोभिड–१९ अस्पताल तथा स्थानिय तहका स्वास्थ्य सेवा प्रदायकलाई लक्षित गर्दै वल्र्ड भिजनले शुक्रबार सरकारलाई १४०० अक्सिजन सिलिण्डरसहित, २० अक्सिजन कन्सन्ट्रेटर, १ हजार १२ इन्फ्रारेड थर्माेमीटर, १ हजार १२ पल्स अक्सिमिटर र २५ अस्पताल बेड सहयोग गरेको हो ।

देशभरी कोरोना भाइरस दोस्रो लहरको संक्रमण बढेसँगै बालबालिका केन्द्रित संस्था वल्र्ड भिजनले स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतो, समाज कल्याण परिषदका उपाध्यक्ष डा. पदम खतिवडा र परिषद्का सदस्य–सचिव पुष्कर खातीलाई संयुक्त रुपमा हस्तान्तरण गरेको हो ।

उक्त सामग्रीले वर्तमान स्वास्थ्य संकटका बेला सरकारी स्वास्थ्य सेवालाई सहयोग पुर्‍याउने तथा स्वास्थ्यकर्मीको सुरक्षा गर्न सहायता गर्ने वल्र्ड भिजनको अपेक्षा छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालको ९० दिने कोभिड–१९ दोस्रो लहर आपत्कालिन प्रतिकार्य परियोजना अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा सामग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्यमन्त्री त्रिपाठीले वल्र्ड भिजन लगायतका विभिन्न सामाजिक तथा मानविय संस्थाको सहयोग यस बिषम परिस्थितिमा सर्हानिय रहेको बताए । सरकारले सहयोग प्राप्त सामग्रीको अति आवश्यक रहेका जिल्लाका स्वास्थ्य संस्थामा प्रदान गर्ने उनले बताए । उनले भने, ‘यस्ता सामग्री सहज तथा विकसित स्थानमा मात्र नभई देशै भरी पु¥याउने छौ ।’

सरकारले गरेको आहृवानको कदर गर्दै वल्र्ड भिजनले गरेको सहायताप्रति महिलामन्त्री महताले धन्यवाद ज्ञापन गरेकी छन् । देशव्यापी फैलिएको कोभिड–१९ नियन्त्रणको लागि सरकारलाई एक सक्रिय साझेदारको रूपमा सहयोग गर्न पाएकोमा वल्र्ड भिजन इन्टरनेशनल नेपालका कार्यबाहक राष्ट्रिय निर्देशक अनुभव अधिकारीले खुसी व्यक्त गरे ।

यस महामारीका कारण स्वास्थ्य संस्था निक्कै संवेदनशील अवस्थामा रहेका बेला स्वास्थ्य संस्थाको तत्कालिन आवश्यकता परिपूर्ति तथा स्वास्थ्यकर्मीको सुरक्षा गर्न यी स्वास्थ्य सामग्रीले मद्दत पुग्ने उनको भनाइ छ । उनले भने, ‘बालबालिकामा संक्रमण दर उच्च रहेको पाइएकाकाले हामीले बालबालिकालाई केन्द्रबिन्दुमा राखी १६ जिल्लामा बहुक्षेत्रीय एकीकृत प्रतिकार्य सुरुवात गरेका छौं ।”

यस वर्षको मे देखि जुलाई महिनासम्म संचालनमा रहने वल्र्ड भिजन इन्टरनेशनल नेपालकोे प्रतिकार्यले कोरोना भाइरस र यस जोखिम परिस्थितिमा बालसंरक्षण सम्बन्धि विषयमा जनचेतना फैलाउने, सरकारी स्वास्थ्य सेवा सुदृढ गर्ने र नगद कार्यक्रम मार्फत जोखिममा रहेका समुदायको खाद्य सुरक्षा सुनिश्चित गर्ने जस्ता कार्यमा केन्द्रित रहनेछ ।

उक्त ९० दिने प्रतिकार्य संघीय, प्रादेशिक र स्थानीय सरकारसँगको समन्वय र स्थानीय संस्थासँगको साझेदारीमा १६ जिल्ला (कञ्चनपुर, कैलाली, अछाम, डोटी, बझाङ्ग, जुम्ला, लमजुङ, ललितपुर, काठमाण्डौँ, सिन्धुली, उदयपुर, सर्लाही, महोत्तरी, रौतहट, बाँके र धनुषा) मा कार्यान्वयन गरिनेछ ।

गत वर्ष अप्रिल देखि जुलाई (कोभिड–१९ पहिलो लहरमा) मा वल्र्ड भिजनले आपत्कालिन प्रतिकार्य परियोजनाको स्वास्थ्य, खानेपानी तथा सरसफाई, जीवीकोपार्जन र पोषण, बाल संरक्षण र शिक्षा कार्यक्रम मार्फत १ लाख ५ हजार बालबालिका, १ लाख ७६ हजार युवा, ६२ हजार घरधुरीलाई तथा १५ लाख मानिसलाई अप्रत्यक्ष सहयोग पुगेकाे जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर