नेपाललाई तिब्बत सरकारको आइसीयू, भेन्टिलेटर र अक्सिजन सामाग्री सहयोग – Nepal Press

नेपाललाई तिब्बत सरकारको आइसीयू, भेन्टिलेटर र अक्सिजन सामाग्री सहयोग

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई महामारीविरुद्ध लड्न आपतकालीन मेडिकल सामाग्री सहयोग गरेको छ ।

ल्हासास्थि नेपाली महा वाणिज्यदूत नवराज ढकालका अनुसार तिब्बतले ४० केजी क्षमताका ६०० थान अक्सिजन सिलिण्डर तथा लिक्विड अक्सिजन उपलब्ध गराएको छ ।

त्यस्तै २०० थान आइसीयू बेड,१० थान अक्सिजन कन्सन्ट्रेटर र ५ थान भेन्टिलेटर तथा १५ हजार किट तत्कालै उपलब्ध हुने ढकालले बताएका छन् ।

तिब्बत सरकारले नेपालतर्फ बिना अवरोध मेडिकल कार्गो आवागमन गराउने प्रतिवद्धता समेत जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर