७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ – Nepal Press

७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

इलाम । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

रोङ गाउँपालिका १ जुरे बस्ने ३० वर्षीय तिलक बहादुर खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

खड्काले ती बालिकालाई ललाई फकाई ढुङगाना टी स्टेट चियाबारीमा लगि सोमबार जबरजस्ती करणी गरेको उजुरी परेको थियो । प्रहरी चौकी आईतबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर